नियम ४०
सुरक्षण शुल्क बुझाउने तरिका
: (१) नियम ३६ को उपनियम (२) बमोजिम कायम भएको लघु वित्त तथा विपन्न वर्ग कर्जाको वार्षिक सुरक्षण शुल्कको पचहत्तर प्रतिशत रकम नेपाल सरकारबाट अनुदान स्वरुप कोषलाई प्राप्त हुनेछ । बाँकी पच्चीस प्रतिशत रकममध्ये पौष मसान्तसम्मको बाह्र दशमलव पाँच प्रतिशत र आषाढ मसान्तसम्मको बाह्र दशमलव पाँच प्रतिशत रकम सम्बन्धित सदस्य संस्थाले कोषमा बुझाउनु पर्नेछ ।
(२) नियम ३७ को उपनियम (२) बमोजिम कायम भएको साना तथा मझौला उद्यम कर्जा र नियम ३८ को उपनियम (२) बमोजिम कायम भएको कृषि कर्जाको वार्षिक सुरक्षण शुल्कमध्ये पचास प्रतिशत रकम नेपाल सरकारबाट अनुदान स्वरुप कोषलाई प्राप्त हुनेछ ।बाँकी पचास प्रतिशत रकम त्रैमासिक रुपमा एकचौथाइका दरले त्रयमास समाप्त भएको दश दिनभित्र" सम्बन्धित सदस्य संस्थाले कोषमा बुझाउनु पर्नेछ ।
(३) नियम ३९ बमोजिम प्रवाह हुने कर्जाको सुरक्षण गराए वापत सुरक्षण कर्जाको बाँकी सावाँ र व्याज रकमको एक प्रतिशत प्रति वर्षको दरले कोषमा सुरक्षण शुल्क बुझाउनु पर्नेछ । त्यसरी शुल्क बुझाउँदा सदस्य संस्थाले त्यस्तो शुल्कको पचास प्रतिशत शुल्क त्रैमासिक रुपमा एक चौथाइका दरले त्रयमास समाप्त भएको दश दिनभित्र अग्रिम रुपमा बुझाउनु पर्नेछ र बाँकी असी प्रतिशत शुल्क नेपाल सरकारबाट कोषलाई अनुदान स्वरुप प्राप्त हुनेछ ।
३क. को उपनियम (२) बमोजिमको सुरक्षण शुल्कको पचहत्तर प्रतिशत रकम नेपाल सरकारद्वारा कोषलाई अनुदान स्वरुप प्राप्त हुनेछ र बाँकी पचास प्रतिशत रकम त्रैमासिक रुपमा एकचौथाइका दरले“: त्रयमास समाप्त भएको दश दिनभित्र" सदस्य संस्थाले कोषमा बुझाउनु पर्नेछ ।
क । (४) सदस्य संस्थाले यस नियम बमोजिम कुनै कर्जाको वार्षिक सुरक्षण शुल्क बुझाई सकेपछि सम्बन्धित कर्जा आंशिक वा पूर्ण रुपमा चुक्ता हुन आएमा कोषमा दाखिला भईसकेको सुरक्षण शुल्क फिर्ता हुने छैन ।
तर सुरक्षण हुन नपर्ने वा सुरक्षण नगरिएको कुनै कर्जा बापत सुरक्षण शुल्क समावेश हुन गएमा त्यस्तो सुरक्षण शुल्क सदस्य सँस्थाले कोषसँग फिर्ता माग गर्न सक्नेछ ।